२०७९ जेष्ठ १ गते आइतवार
२०७९ जेष्ठ १ गते आइतवार

चीनमा १३२ यात्रु बोकेको विमान दुर्घटना

चीनमा १३२ यात्रु बोकेको चाइना इस्टर्नको बोइङ ७३७ विमान दुर्घटना भएको छ। गुआङ्सी झुवाङ स्वायत्त क्षेत्रको पहाडी क्षेत्रमा विमान दुर्घटना भएको र आगोको मुस्लो देखिएको चीनको नागरिक उड्डयन प्रशासनले जनाएको छ।

विमानमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य सवार छन्। कुन्मिङबाट ग्वान्झाउको लागी उडान भरेको उडान नम्बर एमयु ५७३५ विमानले अवतरण अघि गति गुमाएको प्रारम्भिक रिपोर्ट देखिएको समाचारमा उल्लेख छ।

दक्षिण–पश्चिम चीनको युनान प्रान्तको कुनमिङ चाङसुई विमानस्थलबाट १ बजेर १५ मिनेटमा उडेको विमान ३ बजेर ७ मिनेटमा दक्षिण चीनको गुआङडोङ प्रान्तको ग्वान्झाउ पुग्ने कार्यक्रम थियो। हाल दुर्घटना स्थलमा उद्धार टोली खटिएका र थप विवरण आउन बाँकी रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।