२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

दाङ जिल्ला कराते संघको अध्यक्षमा बस्नेत चयन

दाङ जिल्ला कराते संघको अध्यक्षमा पदम बहादुर बस्नेत चयन हुनु भएको छ । संघको आज सोमबार तुलसीपुरमा सम्पन्न साधारणसभा तथा अधिवेशनले पदम बस्नेतलाई अध्यक्षमा चयन गर्दै संघको १७ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले पुनर्गठन गरेको हो ।
जसको उपाध्यक्ष द्वयमा वसन्त केसि र याम बहादुर थापा, सचिब मोहलाल थापा,कोषाध्यक्ष खिम बहादुर परियार,सहसचिव मधुसुधन घर्ति हुनुहुन्छ । त्यसैगरी संघको सदस्यमा प्रतीक्षा बिसि,कृजना पुन,बल बहादुर बुढा,निराजन भण्डारी, आयुस रिजाल, देउचन केसि,रेशम खड्का, रमेश पुन,पुस्पा बिक,सुनमाया थापामगर, बिमला डागी रहनु भएकोछ ।
यसैबीच संघको सोमबार बसेको पहिलो बैठकले संघको सल्लाहकारमा बलराज नेपाली,धन प्रसाद घर्ती, हरि बहादुर घर्ती र प्रेस सल्लाहकारमा लक्ष्मण बस्नेत लाई चयन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले काठमाडौको सातदोबाटोमा चैत २४,२५ र २६ गते हुने प्रथम कृष्ण प्रसाद भट्टराई स्मृती रास्ट्रीय तथा १९ औ एशियन छनोट कराते प्रतियोगिता र गणेशमा सिहको स्मृतिमा यहि चैत १५ र १६ गते हुन गैइरहेको रास्ट्रीय कराते प्रतियोगितामा जिल्ला छनोट गरि खेलाडी सहभागी गराउने निर्णय गरेको संघका सचिव मोहलाल थापाले जानकारी दिनुभएको छ ।
अधिवेशन संघका अध्यक्ष हरि बहादुर घर्तिको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख पद्मा चौधरीको प्रमुख आतिथ्य एवं नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख बल राज नेपालिको बिशिस्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन संघका सचीव मोहलाल थापाले गर्नु भएको थियो ।