२०७९ जेष्ठ १ गते आइतवार
२०७९ जेष्ठ १ गते आइतवार

स्याङ्जामा निर्माणाधिन पक्की पुल भत्किँदा ८ जना घाइते

स्याङ्जामा निर्माणाधिन पक्की पुल भत्किँदा ८ जना घाइते भएका छन् । चापाकोट नगरपालिका ८ मा पर्ने कालीगण्डकी नदीमा दामाचौर र रामपुर जोड्ने निर्माणाधीन पक्की पुल भत्किँएको हो । घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेम धनपटेल, बाराका २२ वर्षीय रामनिवासकुमार पटेल, हरिहरपुर ८ का २८ वर्षीय जितेन्द्र पटेल रहेका छन् । यस्तै, अन्य घाइते हुनेमा भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षी अनुपकुमार राव र गोरखामिरासन गाउँपालिकाका २३ वर्षीय सृजन परियार रहेको जिल्लाप्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । पुल निर्माणको क्रममा क्रेनले फलामको बिम माथि उचालेर जोड्ने क्रममा अचानक बिमसहित कामदारहरु खस्दा घाइते भएको अधिकारीले बताउनुभयो ।

घाइतेमध्ये बारा बस्ने २२ वर्षीय रामनिवास कुमार पटेल, भारत बिहार बस्ने २५ वर्षीय धनन्जयठाकुरको अवस्था गम्भीर रहेको र सबैको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।