२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

रणवीर कपुर र आलिया भट्ट विवाह बन्धनमा

बलिउड कलाकार रणवीर कपुर र आलिया भट्टले विवाह बन्धनमा बाँधिएका छन् । बिहिबार उनीहरुले विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरू लामो समयदेखि एक अर्कालाई डेट गरिरहेका थिए। रणवीर–आलियाको बिहेको बारेमा दुवै परिवारले कुरा गोप्य राख्ने प्रयास गरेका थिए। कयौँ पटक दुवैको बिहेको झुटो खबर पनि बाहिर आएको थियो।

कहिले दुवैको विवाह १५ अप्रिलमा हुने भनिएको थियो भने कहिले १७ वा २० अप्रिलको मितिमा हुने कुरा आएको थियो।