२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

विकास र आमुल परिवर्तनका लागि नेपाल कांग्रेसका उम्मेदवारलाई मतदान : नेपाली कांग्रेस शान्तिनगर

शान्तिनगर गाउँपालिकाको समग्र विकास र आमुल परिवर्तनका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन नेपाली कांग्रेस शान्तिनगरले सबैमा अपिल गरेको छ । नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक के.सी., सचिवद्वय दिलप्रसाद लामिछाने (दिपक) र रोशन रावतले एक प्रेस विज्ञप्ती जारी गरी नेपाली कांग्रेस शान्तिनगरका आधिकारीक उम्मेदवारलाई विजयी गराउन शान्तिनगरबासीलाई अपिल गरेका छन् । देशको आमुल परिवर्तनका लागि स्थानीय तहमा पनि नेपाली कांग्रेसकै अगुवाईमा स्थानीय सरकारको आवश्यकता रहन जाने भएकाले शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेत, उपाध्यक्ष पदका उम्मेदवार प्रेमा कुमारी बुढाथोकी (के.सी.), ७ वटै वडाका वडा अध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई अत्याधिक मत दिई विजयी गराउन नेपाली कांग्रेसले सबै मतदाताहरुमा अपिल गरेको छ । ‘हाम्रो, राम्रो र विकसित शान्तिनगर गाउँपालिका बनाउनका लागि नेपाली कांग्रेसका उम्मेदवार सक्षम र योग्य भएकाले सम्पूर्ण गाउँपालिकाबासी आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुमा रुख चिन्हमा मतदान गरेर यहि आउँदो बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेस शान्तिनगर गाउँपालिकाका आधिकारीक उम्मेदवारलाई विजयी गराउन अपिल गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
साथै सम्पूर्ण नेपाली कांग्रेस शान्तिनगरका नेता, कार्यकर्ता, शुभेच्छुक एवं भातृसंघका सम्पूर्ण नेतृत्वहरुलाई आ–आफ्नो तवरले पार्टीका आधिकारीक उम्मेदवारहरुको पक्षमा लाग्न र जिताउनका लागि जिम्मेवारी एवं दृढता पूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्न जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।