२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बबई गाउँपालिकाको नेतृत्व कस्ले हात पार्ला ?

पश्चिमदाङको बबई गाउँपालिकाको नेतृत्व कस्ले हात पार्छ भन्ने चर्चा चलेको छ । यति बेलामा बबई गाउँपालिकाको नेतृत्वका लागि प्रमुख तिन दल चुनावी मैदानमा उत्रिएका छन् । तीन दल मध्ये दुई दल नेपाली कांग्रेस र नेकपा एमाले विच कडा प्रतिस्पर्धा चलेको छ । गएको पाँच बर्षमा नेकपा एमाले नेतृत्व गरिसकेको छ । नेकपा एमालेबाट पुन : अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विश्कर्मा पुरानै अनुहार दोहोरिएका छन् । नेपाली कांग्रेसमा गएको चुनावमा केहि मतले पराजित भएका अध्यक्ष पदका उम्मेदवार कुल बहादुर खत्री छन भने युवा नेतृ बम कुमारी खड्का उपाध्यक्ष पदमा चुनावी दौडमा छिन् । जित हासिल पार्न यी दल र दलका उम्मेदवार जोडतोडका साथ लागेका छन् । विभिन्न चुनावी ¥याली, सभा, घरदैलो, शक्ति प्रदर्शन र नाचगान समेत गरेका छन् । उम्मेदवाहरुले चुनावमा जित गराइदिन मतदातालाई आग्रह गरेका छन् ।