२०७९ जेष्ठ १ गते आइतवार
२०७९ जेष्ठ १ गते आइतवार

समृद्ध र जनतामुखी बबई गाउँपालिका बनाउन नेपाली कांग्रेसको यस्ता छन् प्रतिबद्धताहरु

 

पश्चिमदाङको बबई गाउँपालिकाको नेतृत्वको लागि नेपाली कांग्रेस जोडतोडका साथ लागेको छ । चुनाव जित्न चुनावी प्रचारलाई तिव्रता दिदै आएको छ । अध्यक्ष पदका उम्मेदवार कुल बहादुर खत्री, उपाध्यक्ष पदका उम्मेदवार बमकुमारी खत्री र ७ वटै वडाका अध्यक्ष सहित सदस्य हात पार्न नेपाली कांग्रेस बबईले कसरत गरिहेको छ । नेपाली कांग्रेसले समृद्ध र जनतामुखी बबई गाउँपालिका बनाउने भन्दै चुनावी अभियानलाई तिव्रता दिदै आएको छ ।
यस्ता छन् नेपाली कांग्रेसका प्रतिवद्धताहरु

१. नैतिकतामा आधारित व्यवहारीक शिक्षा
२. खेलकुद र योगमा आधारित स्वास्थ्य
३. कृषि र उद्योगमा आधारित रोजगार
४.यान्त्रीक प्रविधि आधारित कृषि
५. उदार एवं पारदर्सि अर्थनिति, पालिकास्तरिय
आयात र निर्यात वस्तुको अभिलेख
राखिने निति प्रारम्भ , कृषि जन्य वस्तुको
भण्डारण को व्यवस्था
६. आस्था र गुट उपगुट जन्य भेदभाव मुक्त न्याय,
विकास र सुशासन को प्रत्याभूति
७. जैविक विविधता संरक्षण मा आधारित योजनामा प्राकृतिक सम्पदाको सदुपयोग तथा न्यायिक वितरण
८.विवाद रहित अव्यवस्थित वसोवास वस्ति व्यवस्थापन तथा जग्गा नापि को व्यवस्था
९. चुरे आरक्षणक्षत्र अन्तर्गत का वस्तिहरुको
समस्या पहिचान गरी समाधानको अबिलम्ब
व्यवस्था गर्ने ।
१०. सम्पूर्ण कृषि योग्य जमिनमा आधारभूत कृषि
सडक को व्यवस्था
११. बिकट दुर दराजका वस्तिहरुमा खानेपानी ,
संचार बिजुलीबत्ति, स्वास्थ्य, शिक्षा ,
सिंचाइ र बाटो प्राथमिकता को आधारमा
व्यवस्था गर्ने ।
१२. पंचकुले , हापुरे र हंसपुर क्षेत्रमा संभावित
उद्योग को संभाव्यता अध्ययन गरी
पालीकाको स्वाबलम्बि अर्थतन्त्रको लक्ष्य अनु
रुप उद्योग स्थापनाको कार्य अघि बढाउने ।
१३. देशको मूल कानुन को पुर्ण पालना गर्दै पार्टि को विधान सम्मत स्थानिय निर्वाचन घोषणा पत्रमा उल्लेखित निति कार्यक्रमहरु इमान्दारीपुर्वक कार्यान्वयन गर्ने ।