२०७९ जेष्ठ १ गते आइतवार
२०७९ जेष्ठ १ गते आइतवार

बबईका खोलामा कहि कतै चप्पल खोलेर हिड्न नपर्ने गरि बिकास हुन्छ : खत्री

नेपाली कांग्रेसको तर्फबाट बबई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार कुल वहादुर खत्रीले बबई गाउँपालिकाको समग्र विकासका लागि ध्यान दिने बताएका छन् । बबई गाउँपालिकाको अध्यक्ष पदमा आफूले जिते ५ वर्षमा बबईका खोलामा कहि कतै चप्पल खोलेर हिड्न नपर्ने गरि बिकास गर्ने बताएका छन् । आज हापुरेमा भएको चुनाबी सभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार खत्रीले बबई गाउँपालिको चौतफी विकास गर्ने बताउदै बबई गाउँपालिकाका कुनै पनि खोलामा चप्पल खोलेर हिड्न पर्ने गरी विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । आफू बोलीमा भन्दा काम गरेर देखाउने व्यक्ति भएकाले समृद्ध र विकसित बबई गाउँपालिका बनाउन अगाडि बढ्ने बताए । राजनितिमा ईमान्दारिता हुनु पर्ने बताउदै आफू ईमान्दार भएर जनताको सेवामा लाग्ने समेत बताए । सुशासन कायम गर्न र भस्ट्रचार अन्त्य गर्न नेपाली कांग्रेसको नेतृत्व हुन आबश्यक रहेको बताए । बबईका जनताको जीवन स्तरमा सुधार गर्न पहिले स्वस्थ रहनु पर्ने बताउदै बबईको ७ वटै वडामा शुद्ध खानेपानी पु¥याउने प्रतिबद्धता व्यक्त गरे । यसैगरी खत्रीले गएको चुनावमा पराजय भोग्नु परेको अनुभव सुनाउदै बबई गाउँपालिकाको सेन्टर हापुेर हुन्छ भनी पार्टीबाट हस्ताक्षर गर्ने व्यक्ति आफू नै भएको बताएका छन्। कुल वहादुर खत्रीले जिते गाउँपालिकाको कार्यालय हंशपुर लैजान्छ भनेर विपक्षले गलत प्रचार गरेर पराजय भोग्नु परेको अनुभव सुनाउदै गाउँपालिकाको कार्यालय हापुरे मै सेन्टर पर्छ भनेर पार्टिबाट हस्ताक्षर गर्ने व्यक्ति आफू नै भएको बताएका छन् । ‘गाउँपालिका कार्यालयको सेन्टर हापुरे हुन्छ भनेर पार्टिको तर्फबाट मैले नै हस्ताक्षर गरेको हु, म कसरी विरोधी भए’, उनले भने ‘मेरो बारे गलत प्रचार गर्दा गएको हार व्यहोर्नु प¥यो, यस पटक जनताले बुझिसकेका छन् ।’

साथै बबई गाउँपालिकाका उपाध्यक्ष पद्का उम्मेदवार बमकुमारी खड्काले बबईमा नेपाली काङ्ग्रेसको जित सुनिस्चित रहेको बताउदै नेपाली काङ्ग्रेसले पुर्जा बितरण रोकेको छ भनेर गरेको गलत प्रचार गर्नेलाई कांग्रेसकै नेतृत्वमा पुर्जा बितरण गर्ने बताए । बबईका जनताले आफुलाई बिस्वास गरेर जिताए, न्यायिक कामको लागि आफू कहिले पछि नहट्ने बताए । नेपाली काङ्ग्रेस बबईका सभापति प्रकाश बस्नेतको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका महाधिबेशन प्रतिनिधि दिपक गिरिको प्रमुख आतिथ्यता एवं प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेस प्रमुख सचेतक अनिता देवकोटाको विशिष्ट आतित्यतामा चुनाबी आम सभा सम्पन्न भएको हो ।