२०७९ जेष्ठ १ गते आइतवार
२०७९ जेष्ठ १ गते आइतवार

‘समृद्ध र विकसित शान्तिनगर गाउँपालिका बनाउन युवा नेतृत्व’

दाङको शान्तिनगर गाउँपालिकालाई समृद्ध र विकसित गाउँपालिका बनाउन युवा नेतृत्व आवश्यक रहेको नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतले बताएका छन् । अग्रजको सम्मान गर्दै युवाले पालिकाको विकासमा ध्यान दिनुपर्ने बताउदै चुनावमा शान्तिनगर गाउँपालिकाको नेतृत्वका लागि शान्तिनगरबासीले अत्याधिक मत दिएर विजयी गराउने बताएका छन् । शान्तिनगर गाउँपालिकालाई समृद्ध र विकसित गाउँपालिका बनाउन आफू लगायत नेपाली कांग्रेसका सम्पूर्ण उम्मेदवार समक्ष रहेकाले जनताले रुख चिन्हमा भोट हाल्ने बताए । शान्तिनगर गाउँपालिकाका विभिन्न टोलमा पुगेर जनतासंग प्रत्यक्ष भेटघाट गर्दा सकारात्मक प्रतिक्रिया पाएको बस्नेतले बताएका छन् । नेपाली कांग्रेस प्रति जनताको विश्वास रहेकाले आफू लगायत सबै टिमले जित्नेमा ढुक्क रहेको बताए । नेपाली कांग्रेस जनताको सुख दुृखको पार्टी भएकाले नेपाली कांग्रेस प्रति भरोसा रहेको बताउदै आफूले जिते जनताको काममा सधै तल्लिन रहने बस्नेतको भनाई छ । विभिन्न क्षेत्रमा विकासका साथै जनताका हरेक सुख दुखमा साथ दिने उनले बताए । जेष्ठ नागरीक, महिला, युवा लगायत सबै संग सहकार्य गरेर आफू अगाडि बढ्ने समेत प्रतिवद्धता व्यक्त गरे । हिजो आजका दिनमा पदमा नहुदा पनि विकास र जनताको समस्यामा साथ दिएको बताउदै आफूलाई अत्याधिक मत दिएर विजयी गराई थप जनताको सेवा गर्न अवसर दिन उनले आग्रह गरे ।

यसैगरी उपाध्यक्ष पदका उम्मेदवार प्रेमा बुढाथोकी (केसी) ले शान्तिनगर गाउँपालिकाको समग्र विकासमा नेपाली कांग्रेस नै आवश्यक रहेकाले आफू लगायत सबै टिमलाई जनताले साथ दिने बताए । हरेक बर्गको हकहितका लागि नेपाली कांग्रेसले आवाज उठाउदै आएको र आगमी दिनमा पनि हरेक अवस्था साथ दिने बताए । आफूले जितेमा महिला, युवा, जेष्ठ नागरीक लगायत हरेक संग सहकार्य गरेर अगाडि बढ्ने बताए । जनतानै सवथोक भएकाले विकास लगायत हरेक काममा साथ दिने उनको भनाई छ । पिछडिएका र दबिएका महिलालाई विशेष ख्याल गरी महिलामैत्री कार्यक्रम गर्ने समेत बताइन् । हरेक समयमा आफू जनतासंग संगै सहयकार्य गर्दै आएकाले अत्याधिक मतले आफूलाई विजयी गराउनेमा विश्वस्त रेको उनको भनाई छ ।