२०७९ जेष्ठ १ गते आइतवार
२०७९ जेष्ठ १ गते आइतवार

तुलसीपुरमा झाडापखालाबाट एक बालकको मृत्यु, ४ जना बिरामी

तुलसीपुरमा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ भने ४ जना बिरामी परेका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरीको पश्चिम थारुगाउँ निबासी तीलक पुनका ढाई बर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

त्यसैगरी ५० बर्षका वुद्धिराम, ४० बर्षकी गौरी पुन र ५८ बर्षका कलसीङ पुन र मिना पुन बिरामी परेका छन् । चारजना बिरामी मध्य वुद्धिरामको अवस्था गम्भिर रहेको छ । उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।  बिरामीहरुमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखा परेको अस्पतालले बताएको छ ।