२०७९ जेष्ठ १ गते आइतवार
२०७९ जेष्ठ १ गते आइतवार

बबई ७ वडाको नेतृत्व सम्हाल्न कस्सिएका तिलक राम भण्डारी

पश्चिमदाङको बबई गाउँपालिका वडा नं. ७ को वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट तिलक राम भण्डारी कसिएका छन् । भण्डारीको टिम यति बेलामा चुनावी मैदानमा उत्रिएको छ । बबई ७ को नेतृत्व सम्हाल्न भण्डारीको टिमले चुनावी माहोल राम्रै संग तताएको छ । बबई गाउँपालिका वडा नं. ७ विकासको दृष्टीकोणलले पिछडिएको वडा हो । यस वडाको समग्र विकासका लागि भण्डारी कम्मर कसेर लागेका छन् । लामो समयदेखि विभिन्न संघ संस्थामा काम गरेर अनुभव बटुलेका भण्डारी यसपालीको वडाको नेतृत्व सम्हाल्ने दाउमा छन् । समाजमा राम्रो छवि बनाएका नेता भण्डारी बबई ७ का लोकप्रिय र समाजसेवी नेता हुन् । वडालाई समृद्ध र विकसित वडा बनाउने उनको लक्ष्यको रहेको छ । वडा भित्र रहेका विभिन्न टोलमा आवश्यकता अनुसार विकास गर्दै सभ्य समाजको निर्माण उद्येश्यका साथ अगाडि बढेको भण्डारीको भनाई छ । वडा नं. ७ का विकासबाट बञ्चितबाट टोललाई विकासको मुहार फेर्दै समग्र वडाको विकासमा ध्यान दिने उनले बताए । आफ्नो टिमले वडा जितेमा बबई गाउँपालिकाको नमुना वडाको रुपमा विकास गर्ने लक्ष्य रहेको भनाई छ । सम्पूर्ण वडाबासीले राम्रै हौसला दिएकाले चुनावी जित्नेमा विश्वस्त रहेको बताए । अग्रज नेता तथा अन्य सबैले सहयोग र साथ दिएकाले चुनाव जित्ने आधार रहेको भण्डारीको भनाई छ ।