२०७९ जेष्ठ १ गते आइतवार
२०७९ जेष्ठ १ गते आइतवार

दाङका केहि वडामा अन्तिम मतपरिणाम सार्वजनिक

दाङमा केहि वडाका अन्तिम मतपरिणाम सार्वजनिक
गरिएको छ । जिल्लाको दंगीशरण गाउँपालिका,राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको एक,एक वडाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ । जसमा दंगीशरण गाउँपालिका वडा नम्वर १ कांग्रेसका उमेदवारहरु निर्वाचित भएका छन् । वडा अध्यक्षमा रमेश भण्डारीले ६६४ ,महिला सदस्यमा हुमा गिरी ६६७, दलित महिला सदस्य लक्ष्मी परियार ६८७, खुल्ला सदस्यमा मिना चौधरी ६७३ र चन्द्रलाल चौधरी ६७५ मत प्राप्त गरी विजयी हुनु भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

यस्तै राप्ती गाउँपालिका वडा नम्वर ९ मा माओवादी केन्द्रका उमेदवारहरु निर्वाचित भएका छन् । वडा अध्यक्षमा रिम बहादुर सुनारी मगरले ३७६, महिला सदस्य अमिना खातुन ३६९,दलित महिला सदस्य तारा विक ३६६, खुला सदस्यहरुमा दधी बहादुर बरालमगर ३४२ र अलि मोहमदले ३४७ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । यस्तैगरी गढवा गाउँपालिका वडा नम्वर ८ मा एमालेका उमेदवारहरु विजयी भएका छन् । वडा अध्यक्षमा खालिक सिद्धिकी निर्वाचित हुनु भएको छ । उहा सहित पुरै प्यानल विजयी भएको प्रदेश निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिनुभयो ।