२०७९ असार १७ गते शुक्रवार
२०७९ असार १७ गते शुक्रवार

बबई गाउँपालिकामा नेपाली कांग्रेस ७९४ मतान्तरले अगाडि

दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेसले सुरुवाती देखि अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार कुल वहादुर खत्रीले नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार भुवनेश्वर पौडेललाई ७९४ मतान्तरले पछाडि पारेका छन् । खत्रीले २३०० मत र पौडेले १५०६ मत प्राप्त गरेका छन् । यसैगरी अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका भिम वहादुर वलीले ७५५ मत, स्वतन्त्रबाट भक्त डाँगीले १७, राप्रापाबाट हलोले ९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ मत प्राप्त गरेको छ । यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसबाट बम कुमारी खड्काले २१४०, एमाले साबित्रा बि.क. १५०५, नेकपा माओवादी केन्द्रबाट अन्जु घर्ती ८१५ ले मत प्राप्त गरेका छन् ।