२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

शान्तिनगर २ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी

दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी भएका छन् । नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवार बनेका वली वडा अध्यक्षमा विजयी भएका छन् । २७ बर्षीय युवा वलीले विजयी हाँसिल गरेका हुन् । उनले ७४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुर प्रसाद केसीले ६४१ मत प्राप्त गरेका थिए । १०७ मतको मतान्तरले वली विजयी भएका हुन् । त्यस्तै काँग्रेसका उम्मेदवार टोपेन्द्र कुमारी खड्काले ४७६, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले३१४ मत प्राप्त गरेका थिए ।