२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

शान्तिनगरको अध्यक्षमा कांग्रेसका उम्मेदवार प्रमोद बस्नेत भारी मतान्तरले अगाडि

शान्तिनगर गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका प्रमोद बस्नेत भारी मतान्तरले अग्रता लिएका छन् । बस्नेतले ६३८ मतले अग्रता लिएका छन् । हाल सम्म नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतले ३८६६, नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार विष्णु के.सीले ३२२८ र नेकपा माओवादीबाट अध्यक्ष पदमा उम्मेदवार बनेका मोहनलाल वलीले २१२० मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसका उम्मेदवार बस्नेतको पकड क्षेत्र आउन बाँकी रहेका पनि थप मतान्तर बढ्ने सम्भावना रहेको छ । उपाध्यक्षमा नेपाली कांग्रेसबाट प्रेमा कुमारी बुढाथोकी के.सीले अग्रता कायमै राखेकी छन् । शान्तिनगर गाउँपालिका वडा नं. १ माओवादी, वडा नं. २ स्वतन्त्र, वडा नं. ३ नेपाली कांग्रेस, वडा नं. ४ नेकपा एमाले जित हात पारेको छ । यसैगरी वडा नं. ५ मा नेपाली कांग्रेस जित नजिकमा रहेको छ । अव वडा नं. ६ र ७ मा मत गणना गर्न बाँकी रहेको छ ।