२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

बबई गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै

 

पश्चिमदाङको बबई गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पदमा अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसबाट अध्यक्ष पदमा कुल वहादुर खत्री ले करिब ५ सय मतले अग्रता लिएका छन भने उपाध्यक्ष पदमा बम कुमारी खड्काले करिब ३ सय मतान्तरले अगाडि छिन् । करिब ११ हजार मत गणना भइ सकेको छ । यहाँ १५ हजार ४०० जति मतदान भएको थियो । अब करिब ४ हजार मत गणना हुन बाँकी छ । अब वडा नं ६ र ७ मात्रै गणना हुन बाँकी छ । अब गणना हुन बाँकी रहेको ठाउँ पञ्चकुले क्षेत्र हो । यहाँ नेपाली काँग्रेसकै बढी प्रभाव रहेको जानकारहरु बताउँछन् ।
बबईमा एमालेले यसअघिकै अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष साबित्रा बिश्वकर्मालाई फेरि उम्मेदवार बनाएको छ । पौडेल पश्चिम दाङमा एमालेको सबै भन्दा प्रभावशाली मानिने नेता हुन । बबईमा नेकपा माओबादी केन्द्रका उम्मेदवार प्रतिपष्र्धी भन्दा निकै पछाडि छन् ।

यहाँ माओबादीले अध्यक्षमा भिमबहादुर वली र उपाध्यक्षमा अञ्जु घर्तीलाई उम्मेदवार बनाएको छ । बबईमा अहिले सम्म एमालेले १,३ र ४ नम्बर वडा र नेपाली काँग्रेसले २ र ५ नम्बर वडाध्यक्ष जितेका छन् । बबईमा सुरुदेखि नै काँग्रेसका उम्मेदवारले अग्रता लिदै आएका छन् ।