२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

शान्तिनगर ५ मा नेपाली कांग्रेसको प्यानल विजयी

दाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा ओपेन्द्र वहादुर रावत सहित वडा सदस्यमा पनि विजयी भएका छन् । वडा अध्यक्षमा रावतले ७२५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्धन्द्धि नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवार शिवराज चौधरीले ५०२ मत प्राप्त गरे । यसैगरी नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार विवेक कवर ३९६ मत प्राप्त गरेका छन् । यसैगरी खुल्ला सदस्यहरु गंगाराम डाँगी र निम वहादुर बुढाथोकी, महिला सदस्यमा राजकुमारी चौधरी र दलित महिला सदस्यमा लक्ष्मी वि.क. विजयी भएका छन् । यस भन्दा अगाडि यस वडा नेकपा माओवादी केन्द्रले जितेको थियो ।