२०७९ असार १९ गते आइतवार
२०७९ असार १९ गते आइतवार

शान्तिनगरमा युवा नेतृत्व : अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा केसी

दाङको शान्तिनगर गाउँपालिकाले युवा नेतृत्व पाएको छ । शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार युवा नेता प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी (केसी) निर्वाचित भएका छन् । छोटोमा समयमा चर्चा बटुलेका पश्चिमदाङमा चर्चित युवा नेता बस्नेतले शान्तिनगर गाउँपालिकाको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बस्नेतले ५७१६ मत प्राप्त गरी विजयी हासील गरेका हुन्। उनका प्रतिद्धन्द्धी एमालेका विष्णु केसीले ४५२४ र माओवादी केन्द्रका मोहनलाल वलीले २७९४, एकीकृत समाजवादीका ऋषिराज आचार्यले २५,राप्रपाका टंकराज पाण्डेले १०८ र राष्ट्रिय जनमुक्ती पाटीका धनराज स्वर्णकारले ३ मत प्राप्त प्राप्त गरेका थिए । बस्नेतले केसीलाई ११९२ मतान्तरले पराजित गरेका छन् । केसीलाई यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा कांग्रेसका कमानसिंह डाँगीले पराजित गरेका थिए । यस्तैगरी उपाध्यक्षमा कांग्रेसका प्रेमा बुढाथोकी (केसी) ले ५७५० मत प्राप्त गरी निर्वाचित भइन् । उनका निकटतम् प्रतिष्प्रर्धी एमालेका कमला भण्डारीले ४०२८ मत प्राप्त गर्नुभएको हो भने माओवादी केन्द्रका राधिका परियारले ३०८३ , एकीकृत समाजवादीका लता बस्नेतले २८ मत प्राप्त गरेका थिए ।
गाउँपालिका अध्यक्षमा विजय भएपछि युवा नेता बस्नेतले शान्तिनगर गाउँपालिकालाई समृद्ध र विकसित गाउँपालिकाको रुपमा विकास गर्न आफू लागि पर्ने बताएका छन् । शान्तिनगर गाउँपालिकाको समग्र विकासलाई ध्यानमा राखि लुम्बनी प्रदेशकै नमुना गाउँपालिकाको रुपमा विकास गर्ने कुरामा जोड दिए । शान्तिनगर गाउँपालिकामा जनताले स्थानीय सरकारको अनुभुती हुने काम गरेर देखाउने समेत अध्यक्ष बस्नेतले बताए । उपाध्यक्ष पदमा विजयी के.सीले पनि शान्तिनगर गाउँपालिकालाई जनतामुखी गाउँपालिकाको रुपमा विकास गर्ने बताइन् । सबै संग सहकार्य गरेर शान्तिनगर गाउँपालिकाको विकासमा विशेष जोड दिने कुरामा उनले जोड दिइन् ।