२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

दाङमा ६ वटा स्थानियतहको मत परिणाम सार्वजनिक

स्थानियतह निर्वाचन अन्तर्गत दाङ जिल्लाका १० स्थानियतह मध्य हालसम्म ६ वटा स्थानियतहको मत परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार अधिकांश पालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार बंगलाचुली गाउपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका तुल्सीराम पुन मगरल विजयी भएका छन् । त्यसैगरि उप्रप्रमुख पदमा नेपाली काङ्ग्रेसका भक्तबहादुर जिसी विजयी भएका छन् ।

त्यसैगरि राजपुरको अध्यक्षमा शरद कुमार बुढाथोकी, उपाध्यक्षमा धनपनिदेवी यादव, दंगिशरणको अध्यक्षमा शम्भु गिरी, उपाध्यक्षमा पिमा कुमारी वली, बबईको अध्यक्षमा कुल बहादुर खत्री क्षत्री, उपाध्यक्षमा बमकुमारी खड्का र शान्तीनगर गाउँपालिकामा पालिकामा दुबैसिट नेपाली काङ्ग्रेसका प्रमोद बस्नेत र प्रेमाकुमारी बुढाथोकीले जित्न सफल हुनुभएको छ ।

त्यसैगरि निर्वाचन कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका प्रकाश बिष्टले जितेका छन भने राप्ती गाउपालिकाको उपाध्यक्षको पद भने नेकपा एमालेका कमलापति चौधरीले जितेका छन् ।