२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

दंगीशरण गाउँपालिका : अध्यक्षमा गिरी, उपाध्यक्ष खड्का


दाङको दंगीशरण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शम्भु गिरी निर्वाचित भएका छन् । उनले ५४६७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्प्रर्धी एमालेका उमेदवार एमएन शाहले ४०४९ मत प्राप्त गरेका थिए । गिरी र शाह बिच १४१८ मतान्तर रहेको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिए ।

यस्तै उपाध्यक्षमा कांग्रेसका पिमाकुमारी खड्काले ४५७९ मत प्राप्त गरी विजयी भए भने प्रतिद्धन्द्धी एमालेका बुधनी चौधरीले ४३११ मत प्राप्त गरे । उक्त गाउँपालिकामा यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसले जितेको थियो । अहिले अध्यक्ष र उपाध्यक्ष कांग्रेसका उमेदवार जितेका छन् भने सात वडा मध्ये चार वडा एमाले तथा तिन वडामा कांग्रेसले विजयी हासील गरेको छ ।
वडा अध्यक्षमा निर्वाचितहरु
१. कांग्रेस : रमेश भण्डारी
२. एमाले : डम्बर खत्री
३. कांग्रेस : सुकलाल चौधरी
४. एमाले :कमल चौधरी
५. एमाले : निरज बस्नेत
६. कांग्रेस : रोशन जङ्ग शाह
७. एमाले : रेशम वली