२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी

दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका जोगराज चौधरी ९ हजार ३ सय १७ मतकासाथ विजयी हुनुभएको हो । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वसन्तराज शर्माले ७ हजार २ सय ८५ मत प्राप्त गर्नुभएको छ । एमालेका दण्डिराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी गङ्गा पाण्डेले ५ हजार ८ सय ४८ र एमालेकी सुशीला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गर्नुभएको छ ।