२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

पश्चिमदाङका पालिकामा नेपाली कांग्रेसको नेतृत्व, दिपक गिरी बलिया बने

 

पश्चिमदाङका तीन पालिकामा नेपाली कांग्रेसले नेतृत्व हात पारेको छ । दंगिशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका तथा बबई गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै हात पारेको छ । गएको २०७४ को चुनावमा बबई गाउँपालिकामा नेकपा एमाले जितेको थियो । दंगिशरण गाउँपालिका अध्यक्ष नेकपा एमाले र उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको थियो । यस पटक भने नेपाली कांग्रेसले पश्चिमदाङका तीन पालिका कब्जा गरेको छ । दाङ क्षेत्र नं. ३ पश्चिम क्षेत्र नेपाली कांग्रेस पडक क्षेत्र बनाएको प्रमाणित गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री पूर्व मन्त्री दिपक गिरीको क्षेत्र पश्चिमदाङ नेपाली कांग्रेस पकड क्षेत्र हो । गएको चुनावमा गुटउपगुट कारण विपक्षी पार्टिले फाइदा लिएको पार्टी भित्र नेताहरु बताउछन् । यस पटक भने सबै एकजुट भएर पार्टीका उम्मेदवारलाई जिताएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री गिरी बलियो रुपमा देखिएका छन् । अन्य स्थानमा गठबन्धन भइरहदा पश्चिमदाङका तीन पालिका भने गठबन्धन विनै नेपाली कांग्रेसले जित हात पारेको छ । कांग्रेस एक्लै लड्दा पनि ती पालिकाहरुमा आफ्नो वर्चश्व स्थापित गर्न नेपाली कांग्रेस सफल भएको छ । यसले नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सिँचाइमन्त्री दीपक गिरीलाई राजनीतिक रुपमा युटर्नका लागि सहज बनेको छ । दंगीशरण गाउँपालिकामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीका काका शम्भु गिरी, शान्तिनगरमा नेता गिरीका विश्वास पात्रहरु प्रमोद बस्नेत र बबई गाउँपालिकामा कुलबहादुर केसीको जितले कांग्रेस नेता दीपक गिरी थप बलिया बनेका छन् ।

दाङ निर्वाचन क्षेत्र नं ३ अन्तर्गतमा पर्ने तुलसीपुर पश्चिमका तीन पालिकाहरु एकसाथ बिजय हासिल गरेर कांग्रेसले जितको झण्डा फहराउँदा मंगलबार दीपक गिरीलाई जितपछिको खुसियालीमा निकालिएको ¥यालीमा पुग्न भ्याइँ–नभ्याइँ भयो । गिरीकै भाषामा जनताले यो निर्वाचनमा कांग्रेसलाई न्याय दिएका छन् । कांग्रेसको विकासप्रेमीलाई मतदान प्रक्रियाबाट अनुमोदन गरेका छन् । पश्चिम क्षेत्रमा सबै ‘क्लिन स्वीप’ भएपछि नेता गिरी मंगलबार बिहानै पश्चिम दाङतर्फ लागेर तीनै पालिकाको बिजय उत्सवमा पालै पालो सहभागी बनेका थिए । बबई गाउँपालिकामा अध्यक्षमा कांग्रेसका कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्का विजयी भएका छन् । केसी गिरीका विश्वास पात्र हुन भने खड्का अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरी निकट मानिन्छन् । त्यस्तै दाङको दंगीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शम्भु गिरी र उपाध्यक्षमा पिमा वली खड्का निर्वाचित भएका छन् । त्यस्तै शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेसले बिगतको जस्तै जितको छविलाई जोगाउन सफल भएको छ । मंगलबार प्राप्त मत परिणामअनुसार गाउँपालिका अध्यक्षमा कांग्रेसका ३९ बर्षीय प्रमोद बस्नेत बिजयी भएका छन् । बस्नेत गिरीका विश्वासपात्रमध्येका एक हुन् । उपाध्यक्षमा प्रेमा बुढाथोकी केसी निर्वाचित भएका छन् ।