२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

घोराही : गठबन्धनलाई पछाडि पार्दै एमालेको अग्रता कायमै

घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीले फराकिलो मतले अग्रता लिएका छन् ।
हाल सम्म चौधरीले गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्मासँग झण्डै पाँच हजार मतले अगाडि छन्। मेयरमा चौधरीले २६ हजार ९५२ मत पाएका छन्। उनका प्रतिस्पर्धी माओवादीका शर्माले २२ हजार ४४ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा पनि एमालेकी हुमा डीसी २४३ मतले अगाडि छन्। डीसीले २५ हजार ८१५ मत पाएकी छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपबहादुर डाँगीले २५ हजार ५७२ पाएका छन्। घोराहीका १९ मध्ये १३ वटा वडाको गणना सकिएको छ। अब वडा नंं ४, ५, ६, ७, ८ र ९ को गणना भइरहेको छ। घोराहीमा ७६ हजार ५२१ मत खसेको थियो।