२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

बबई : अध्यक्षमा स्वच्छ र परिपक्व, उपाध्यक्षमा क्षमतावान युवा नेतृत्व

पश्चिमदाङको बबई गाउँपालिकाले स्वच्छ छवि र परिपक्क भएका अध्यक्ष पाएको छ भने युवा जोश र क्षमता भएको युवा नेतृ उपाध्यक्ष पाएको छ । विगत लामो समय देखि नेपाली कांग्रेस राजनिति गरेका स्वच्छ र परिपक्कता भएका अध्यक्षमा कुल वहादुर खत्रीलाई पाएको छ । अध्यक्ष खत्री विकासप्रेमी, जनताप्रेमी तथा आर्थिक पारदर्शिता भएका व्यक्ति हुन् । उनले विभिन्न राजनितिक पद, विभिन्न संघ संस्थामा अध्यक्ष लगायत विभिन्न पदमा रही कुशलतापूर्वक काम गरिसकेका छन् ।खत्रीले पश्चिमदाङको मा.वि. हंशपुृरको अध्यक्ष समेत भएर काम गरिसकेका छन् । मा.वि. हंशपुरको हाल अवस्थामा आउनमा उनको भुमिका रहेको जानकार बताउछन् । खत्री बौद्धिक, क्षमतावान, स्वच्छ र परिपक्व भएको व्यक्तिको रुपमा बबईमा चिनिन्छन् । बबई गाउँपालिकाको नेतृत्व अव खत्रीको हातमा छ । बबई गाउँपालिकालाई हाम्रो, राम्रो, जनतामुखी र विकसित गाउँपालिका बनाउन आफू अध्यक्ष बनेको उनि बताउछन् । गएको २०७४ सालको चुनावमा केहि मतले हार व्यहोरेका खत्रीले यसपटक भने पराकिलो मतान्तरले जित हात पारेका छन् । उतिबेला पार्टि भित्रको अन्तरघातका कारण खत्री र उपाध्यक्षले हार व्यहोर्नु परेको जानकारहरु बताउँछन् । यस पटक भने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भएर अध्यक्ष र उपाध्यक्ष जिताउन सफल भएका छन् । जनता समक्ष गरेका बाचा तथा प्रतिवद्धता पुरा गर्ने उनले बताएका छन् । आफू बोलीमा भन्दा पनि काम विश्वास गर्ने मान्छे भएको उनको भनाई छ । अवको गाउँपालिकाको भविष्य खत्रीको हातमा रहेको छ ।
यसैगरी बबई गाउँपालिकाल उपाध्यक्षमा सक्षम र क्षमतावान युवा नेतृ बम कुमारी खड्कालाई पाएको छ । सानै उमेर देखि राजनितिमा लागेकी खड्का कुशल, परिवर्तशिल तथा विकासप्रेमी युवा नेतृ हुन् । खड्काले हाल सम्म विवाह समेत गरेकी छैनिन् । जेष्ठ नागरीक तथा अग्रजको आर्शिवाद र युवा तथा महिलाको साथले आफूले उपाध्यक्षमा जित हासिल गरेको भन्दै खड्काले गाउँपालिकाको विकासमा विशेष ध्यान दिने बताइन । गाउँपालिको समग्र विकासका लागि सबैसंग समन्वय गरी अगाडि बढ्ने उनको भनाई छ । साच्चिकै विकसित गाउँपालिकाको रुपमा विकास गर्ने खड्काले बताइन ।