२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

चुनावमा गरेको प्रतिवद्धता सबै पुरा हुन्छन : शम्भु गिरी

दंगिरशण गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका शम्भु गिरीले चुनावमा जनता समक्ष गरेका प्रतिवद्धता सबै पुरा हुने बताएका छन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन मतदाता कहाँ पुगेका अध्यक्ष गिरीले दंगिशरण गाउँपालिकाको समग्र विकासमा विशेष ध्यान दिने बताए । चुनावमा घोषणा पत्रमा उल्लेख गरेका सबै कुरा पुरा गर्दै दंगिशरण गाउँपालिकालाई विकास र समृद्धि गाउँपालिका बनाउने बताए । यसैगरी उपाध्यक्ष पिमा खड्काले जनताले विकासको अनुभुती हुने गरी काम गर्ने बताइन । सबैसंग सहकार्य गरेर विकास लगायत अन्य क्षेत्रमा काम गर्ने समेत बताइन् । आफू महिला भएकाले उत्पिडित तथा पिछडिएका महिलाहरुकालागि विशेष कार्यक्रम संचालन गर्ने बताइन् । नेपाली कांग्रेसले दंगिशरण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र तीन वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।