२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

शान्तिनगर गाउँपालिकामा नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण

तस्वीर : घनश्याम घिमिरे

पश्चिमदाङको शान्तिनगर गाउँपालिकामा सम्पन्न स्थानियतह निर्वाचनमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकी के.सी. लगाएत ७ वटै वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई निर्वाचित प्रमाणपत्र वितरण गरेको हो । निर्वाचन अधिकृत शालिकराम ढकालले नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको हो । कार्यक्रममा शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिङ डाँगी, उपाध्यक्ष मिथिला शाह र प्रमुख प्रशासकीय अधिकृत रेवन्त डाँगी लगायतको सहभागिता रहेको थियो ।