२०७९ असार २० गते सोमवार
२०७९ असार २० गते सोमवार

तुलसीपुर ५ वडा अध्यक्षमा पुन : शाह निर्वाचित

तुलसीपुर उपमहागनरपालिका वडा नं. ५ को अध्यक्षमा नेपाली कांग्रेसका बीरेन्द्रकुमार शाह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अध्यक्षमा शाहले १७१५ मत प्राप्त गरे भने नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार पदमप्रशाद पोखरेलले १०२१ मत प्राप्त गरे । वडाध्यक्षमा निर्वाचित शाहले एमालेका पोखरेललाई ६९४ मतान्तरले पराजित गरेका हुन ।
वडाध्यक्षमा निर्वाचित शाह सरल स्वभावका शालिन ब्यक्तिका रुपमा परिचित छन । खुल्ला सदस्यमा नेपाली कांग्रेसका भिमबहादुर केसी १२९५, खुल्ला सदस्यमा एमालेका युवराज नेपाली ९१९ मत प्राप्त गरि बिजयी भए । दलित महिला सदस्यमा नेपाली कांग्रेसकी मधुमती सुनार १३१० मतका साथ निर्वाचित भइन । त्यस्तै नेकपा एमालेकी लालमति भण्डारीले १००४ मत प्राप्त गरि महिला सदस्यमा निर्वाचित भएकी छिन् ।