२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

दाङका ९ पालिका प्रमुखलाई सपथ ग्रहण

स्थानीय तह निर्वाचनमा निर्वाचित दाङका ९ पालिका प्रमुखलाई सपथ ग्रहण गराइएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले दाङका ९ पालिका प्रमुखलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । दाङमा १० पालिका छन्। जसमध्ये तुलसीपुर उपमाहानरपालिकाको मतगणना जारी छ । तुलसीपुर १७ मा बैशाख ३० गते मतदान नगरेर जेठ ३ गते मतदान भएकाले ढिला गरि मतगणना सुरू भएको थियो । जसले गर्दा हाल मतगणना भईरहेको छ। १७ नं वडाका वडाध्यका उम्मेदवारको मृत्यु भएपछि मतदान सरेको थियो ।