२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

दाङमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु


दाङमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएको छ । तुलसीपुर–सल्यान सडक खण्डको हर्नेटीमा टिपरको ठक्करबाट कपुरकोट गाउँपालिका–३ निबासी २० बर्ष आकाश सेन ठकुरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
कपुरकोटबाट तुलसीपुर तर्फ जाँदै गरेको रा१प ८६७९ नम्बरको मोटरसाईकललाई तुलसीपुरबाट सल्यान जाँदै गरेका रा १ क ५६५ र रा १ ख ११२३ नम्बरको टिप्परले तुलसीपुर उपमहानगरपालिका–४ हर्नेटी भन्ने स्थानमा दिउँसो करिब ४ बजे ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका सेनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । बाटो उछिन्ने क्रममा दुबै टिपरको बिचमा पर्दा दुर्घटना भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने दुबै चालक सहित टिपरलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।