२०७९ असार २० गते सोमवार
२०७९ असार २० गते सोमवार

दंगिशरणमा नवनिर्बाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण

दाङको दंगिशरण गाउँपालिमा नब निर्बाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरिले उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुलाइ सपथ खुवाउनु भएको थियो । कार्यक्रमका अध्यक्ष गिरिले आफु शासक नभई जनताको सेवक भएर आएको र सबैलाइ समान व्यवहार गर्दै नितान्त समृद्ध दंगिशरण निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । उपाध्यक्ष खड्काले आफ्नो पहिलो कार्यकालमा पूरा हुन नसकेका सबै बिकासका कामहरु अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै दंगिशरण गाउँपालिका वडा न ६ का अध्यक्ष रोशनजङ शाहले चुनाबको बेला आफुले घोषणा गरेका धेरै घोषणा मध्य वृद्ध भत्ता घर घरमा पु¥याउने प्रतिबद्धतामा सहयोग गरिदिन आग्रह गर्नु भयो । त्यस्तै अर्का वडा अध्यक्ष वडा न ७ का रेशम वलीले सबै जन प्रतिनिधि सङ्गै मिलेर सहकार्य गर्दै समृद्ध दंगिशरण निर्माणमा लाग्न आग्रह गर्नु भयो । पालिका प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर खड्काको स्वागत मन्तब्य बाट सुरु भयको कार्यक्रमको सहजीकरण पालिका कर्मचारी यादब डाँगीले गर्नु भएको थियो ।