२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

शान्तिनगर ५ मा निर्वाचित जनप्रतिनिधिको पदभार ग्रहण

पश्चिमदाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ मा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । एक कार्यक्रमका विच शुक्रवार वडा अध्यक्ष ओपेन्द्र वहादुर रावत, वडा सदस्यहरु गंगाराम डाँगी, निमवहादुर बुढाथोकी, राजकुमारी चौधरी, लक्ष्मी वि.क.ले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै वडाको समग्र विकासमा विशेष ध्यान दिने बताएका थिए । सुन्दर र विकसित वडा बनाउन बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।