२०७९ असार १७ गते शुक्रवार
२०७९ असार १७ गते शुक्रवार

बबई ७ मा निर्वाचित जनप्रतिनिधिको पदभार ग्रहण

पश्चिमदाङको बबई गाउँपालिका वडा नं. ७ मा नव निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । एक कार्यक्रमका विच शुक्रवार वडा अध्यक्ष तिलकराम भण्डारी, वडा सदस्यहरु ईन्द्र वहादुर डाँगी, मेवालाल पुलामी, चेतना चौधरी, रामकला नेपालीले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनिहरुले वडाको समग्र विकासमा विशेष ध्यान दिने बताएका थिए । सुन्दर र विकसित वडा बनाउन बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।