२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

पश्चिमदाङका तीन पालिका अध्यक्षद्धारा विपिको सालिकमा माल्यार्पण

 

पश्चिमदाङका तीन पालिका अध्यक्षले तुलसीपुरमा रहेको नेपाली कांग्रेसका संस्थापक विपि कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् । शुक्रबार घोराहीमा निर्वाचन आयोगले गराएको शपथ गरण लगत्तै आएका पश्चिम दाङका ती पालिका बबई गाउँपालिका अध्यक्ष कुल वहादुर खत्री, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले संयुक्त रुपमा विपिको सालिकमा माल्यार्पण गरेका हुन् । नेपाल पहिलो जननिर्वाचित विपि कोइरालको सालिकमा माल्यार्पण गर्दै ती पालिका अध्यक्षले विपि कोइरालाले देखाएको विचार र सिद्धान्तलाई अनुशरण गर्दै पालिकाको समग्र विकासको लागि काम गर्ने बताएका थिए । नेपाली कांग्रेस पार्टी जनताको दुख सुखमा साथ दिने पार्टी भएकाले जनताको मर्म अनुसार काम गर्दै समृद्ध गाउँपालिका बनाउन जोड दिने प्रतिवद्धता व्यक्त गरे ।