२०७९ असार २० गते सोमवार
२०७९ असार २० गते सोमवार

दंगिशरण: ‘गर्भवती महिला, अपाङ, अशक्त र जेष्ठ नागरीकलाई निशुल्क जाँच तथा ल्याब सेवा’

दाङको दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पदभार सम्हाल्दै गर्भवती महिला, अपाङ, अशक्त र जेष्ठ नागरीकलाई निशुल्क जाँच तथा ल्याब परिक्षण गरिने पहिलो निर्णय गरेका छन् । गाउन्पालिका भित्रका गर्भवती महिला, अपाङ्ग, अशक्त र ६० बर्श भन्दा माथिका महिला र पुरुषलाई सेवा सुधारका लागि निशुल्क स्वास्थ्य परिक्षण एवं निशुल्क ल्याब परिक्षण गरिने पहिलो निर्णय गरेका हुन्। आर्थिक अभावका कारण गर्भवती महिला, अशक्त, अपाङग तथा जेष्ठ नागरीकले औषधी उपचार तथा परिक्षणबाट बञ्चित हुदै आएको भन्दै निशुल्क सेवा दिने पहिलो निर्णय गरिएको अध्यक्ष गिरीले बताए ।