२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

माछा मार्ने क्रममा खोलामा डुबेर काका र भतिजको ज्यान गयो

सांकेतिक तस्वीर ।

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको ज्यान गएको छ । शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर काका र भतिजको ज्यान गएको हो ।

डुबेर प्युठान नौबहिनी गाउँपालिका(८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उहाँका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताउनुभयो ।

जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी उनीहरुको शव आफन्तको जिम्मा लगाइएको उहाँले बताउनु भयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।