२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

शिक्षक संघद्धारा दंगिशरणका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई

 

नेपाल शिक्षक संघ दंगिशरणले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल शिक्षक संघ दंगिशरणले विरेन्द्र मावि हेकुलीमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । नेपाल शिक्षक संघ दंगिशरणका अध्यक्ष रेशम केसीको सभापतित्व, दङ्गिसरण गाउँपालिकाका अध्यक्ष सम्भु गिरिको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गिरीले नेपाल शिक्षक संघमा आवद्ध सम्पुर्ण शिक्षकहरु नितान्त गुणस्तरीय शिक्षामा लाग्न र आफ्नो कार्यकालमा दंगिशरण शिक्षामा कायापलट भएको हेर्न चाहाने आफ्नो रहर रहेको बताउनुभयो ।गाउपालिकाका उत्कृष्ट शिक्षकलाई पुरस्कार र गलत क्रियाकलाप गर्ने शिक्षकलार्इ दण्डको नीति ल्याउने समेत उल्लेख गर्नु भयो । उपाध्यक्ष खड्काले गएको ५ बर्षमा शिक्षकहरुले पाएका भोगेका पिडाहरुलार्इ मध्यनजर गर्दै शिक्षकहरुको सवालमा कत्ती पनि कन्जुस्याइँ नगरी सबल र सफल शिक्षाको बिकाशका लागि आफू लागि पर्ने बताउनु भयो । यस्तै १ नं. वडा अध्यक्ष १ का रमेश भन्डारी र ६ नं. का वडा अध्यक्ष रोशनजङ शाहले आफूहरु सधै शिक्षकको पक्षमा लाग्ने र गुणस्तरिय शिक्षाको सवालमा आफुहरु कहिले नचुक्ने बताउनुभयो ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेस दंगिशरणका अध्यक्ष डम्बर बस्नेत, नेपाल शिक्षक महासंघ दंगिशरणका अध्यक्ष लक्ष्मण देबकोटा, नेपाल शिक्षक संघ दंगिशरणका निबर्तमान अध्यक्ष गोबिन्द प्रसाद आचार्य, नेपाली कांग्रेस लुम्बिनि प्रदेश प्रतिनिधि मधु चौधरी, नेपाल ट्रेड युनियन कांग्रेस दाङ जिल्ला सचिव श्रीधर शर्मा लगायत ले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । नेपाल शिक्षक संघ दंगिशरणका सहसचिव भगन्दास चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिब नर बहादुर बस्नेतले गर्नु भएको थियो ।