शान्तिनगर गाउँपालिका वडा नं. ७ का वडा सदस्य तथा युवा समाजसेवी सुबोध बुढाथोकीले विपिन्न परिवारका एक विद्यार्थीका लागि शैक्षिक सामग्री र पोशाक वितरण गरेका छन् । समाजसेवामा सक्रिय हुदै आएका नवनिर्वाचित बुढाथोकीले शान्तिनगर – ७ सानो तुलसीपुरका दिपक चौधरीको शिक्षामा सहयोग पुगोस भन्ने उद्येश्यले शैक्षिक सामग्री तथा पोशाक वितरण गरेका हुन् । दिपकको आमा बिष्णु चौधरीलाई वडा सदस्य बुढाथोकीले शैक्षिक सामग्री र पोशाक हस्तान्तरण गरेका हुन् । विपन्न परिवारका कारण पढाइमा समस्या परेका कारण उनलाई सानो सहयोग गरेको वडा सदस्य बुढाथोकीको भनाई छ ।