२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बबई ७ को पहिलो बैठक सम्पन्न : यस्ता छन् निर्णयहरु

दाङको बबई गाउँपालिका वडा नं. ७ को पहिलो बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष तिलकराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले रावतरा – ढोलपुर जोड्ने खोलामा कलभर्ट निर्माणका लागि बबई गाउँपालिको कार्यालयमा आवश्यक बजेट माग गर्ने साथै ढोलपुर – मलई जोड्ने मोटरबाटो मर्मत सुधारका लागि बबई गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले चिसापानी खानेपानी आयोजना तथा पञ्चकुले – बेलासपुर कालोपत्रे योजनाको अनुगण गरी सम्पन्न र सुचारुका लागि सम्बन्धी कार्यालयबाट बजेट व्यवस्थापन गरीदिन अनुरोध गर्ने निर्णय गरिएको छ ।