२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुरमा ईट्टालाई सुन भनि झुक्याउन खोजेको आरोपमा पाँच जना पक्राउ

दाङको तुलसीपुरमा ईट्टालाई सुन भनि झुक्याउन खोजेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका बस्ने २६ वर्षीय राजकुमार बुढा,सोहि ठाउँ बस्ने २४ वर्षीय प्रकाश खड्का,दार्चुला ब्यास गाउँपालिका २ बस्ने २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन ।

यस्तै सल्यानको शारदा नगरपालिका १ बस्ने ४९ वर्षीया सावित्रा बुढाथोकी र सोहि जिल्ला कुमाख गाउँपालिका १ बस्ने ३० बर्षिया गीता बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।गएराती ९ बजे तुलसीपुर उपमहानगरपालिका ६ स्थित एकान्त होटलमा अवैध सुन बिक्रि वितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट जेब्रा झोला भित्र लुकाई राखेको माटोको दुई वटा पक्कि ईट्टा र सुन जस्तो देखिने धातुको टुक्रा १ थान बरामद गरेको प्रहरीले बताएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।