२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

आज नीति तथा कार्यक्रम प्रस्तुत हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

यही नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट संसदमा पेश हुनेछ। मंगलबारको पहिलो बैठकमा राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने र संसद्को दोस्रो बैठक पुनः साँझ ६ बजे बस्ने कार्यसूची छ।

दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधनको प्रति सदनमा टेबल गर्नेछन्। संयुक्त सदनलाई सम्बोधन गरेकोमा राष्ट्रपतिप्रति धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको जानकारी पनि महासचिव गौतमले दिए।