२०७९ असार १७ गते शुक्रवार
२०७९ असार १७ गते शुक्रवार

समाजमा विकासका लागि शिक्षा महत्वपुर्ण : अध्यक्ष खत्री

समाजमा विकासका लागि शिक्षा महत्वपुर्ण रहेको बबई गाउँपालिका अध्यक्ष कुल वहादुर खत्रीले बताउनु भएको छ । बई गाउँपालिका वडा नं. ५ को जनकल्याण माबि पदमपुरको अविभावक भेलामा बोल्दै अध्यक्ष खत्रीले शिक्षा बिना बिकसित समाजको परिकल्पना गर्न नसकिने बताउनु भयो । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तारा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष खत्रीले शिक्षा बिना बिकसित समाजको परिकल्पना गर्न नसकिने बताउदै गाउँपालिकाले शिक्षामा बिशेष योजनाका साथ लाग्ने बताउनु भयो ।
कार्यक्रममा अविभावक भेलाको आवश्यक्ता बिषयमा बिद्यालयका प्रधानाध्यापक गणेश बहादुर केसीले जानकारी गराउनु भएको थियो । निमित्त प्रधानाध्यापक नन्दलाल तिवारीको स्वागत मन्तब्यबाट सुरु भएको भेलाको सहजिकरण शिक्षक जितबहादुर वलीले गर्नुभएको थियो ।