२०७९ असार १७ गते शुक्रवार
२०७९ असार १७ गते शुक्रवार

पचास हजार राशीको सुसेली फुटबल प्रतियोगीता तुलसीपुरमा सुरु


तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष माधव वलीले खेलकुदले सकारात्मक सोचको बिकास गर्ने बताउनुभएको छ। तुलसीपुर १८ मा रहेको सुसेली युवा क्लबको आयोजनामा अनाथ तथा असाहय बालबालिकाकालाई शैक्षिक सामग्री सहयोगार्थ फुटबल प्रतियोगीताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै वलीले खेलकुदले स्वास्थ्य राम्रो राम्रो हुने संगै सकारात्मक सोचको बिकास गर्ने बताउनुभएको हो । सुसेली युवा क्लबका अध्यक्ष रोहन पुनको अध्यक्षता वडाध्यक्ष वलीको प्रमुख आतिथ्यता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सन्जात धितालको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडा नम्बर १८का अध्यक्ष लोक बहादुर बहकरी,नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव हिम बहादुर डाँगी लगायतकाले बोल्नुभएको थियो ।
सुसेली युवा क्लबका सल्लाहकार सन्देश पुनको स्वागत मन्तब्य र क्लबकै सल्लाहकार याम बहादुर पुनले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा १२ जना अनाथ तथा असाहय बालबालिकाकालाई शैक्षिक सामग्री बितरण गरिएको थियो ।
।आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको बेलझुण्डीको खेलमैदानमा हुने प्रतियोगीतामा पहिलो खेल भोलि दिउसो २ बजे आयोजक ए र राप्ती क्लब घोराही बिच हुनेछ भने दोस्रो खेल टरिगाउ ए र राईजिङ स्टार युथ क्लब हापुर बिचमा हुने आयोजकले जनाएको छ।