२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

प्रदेश सरकारको आवश्यकता छैन : कमल थापा

 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहको सङ्घीय संरचना आवश्यक रहेको बताउनुभएको छ । राप्रपा नेपाल गण्डकीले आज सोमवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो बताउनुभएको हो ।

केन्द्रीय सरकार बलियो र पालिकाले पर्याप्त अधिकार पाएका कारण प्रदेश सरकारको आवश्यकता नरहेको उहाँको भनाइ थियो । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष थापाले गणतन्त्र स्थापनापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता, समानतासहितको हिन्दू राष्ट्र बनाउनुपर्ने बताउनुभयो । उहाँले अब राजसंस्थाको स्थापना सम्भव नभएको बताउँदै भन्नुभयो, ‘पूर्वराजा ज्ञानेन्द्र साहको सकारात्मक भूमिका भएको भए राजसंस्था फर्किन सक्थ्यो । हामी राजसंस्थाको वकालत गर्दै देशव्यापी रूपमा परिचालित भयौँ तर राजाको सकारात्मक भूमिका भएन, उल्टो राजनीतिक दलसँग झन् दुरी बढाउने काम भयो, अब राजसंस्थाको स्थापना सम्भव छैन ।’ अध्यक्ष थापाले राप्रपा र राप्रपा नेपालले राजसंस्थाको वकालत गर्दा पूर्वराजाले सकारात्मक भूमिका खेल्न नसकेको भनी आलोचना पनि गर्नुभयो ।