२०७९ साउन १९ गते बिहिवार
२०७९ साउन १९ गते बिहिवार

राज्यमन्त्री वलीद्धारा एक महिला र बालिका माथि हातपात

लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वलीले तुलसीपुरमा एक महिला र बालिका माथि हातपात गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतकी श्रीमती मिना भण्डारी बस्नेत र उनकी सानी छोरीलाई कुटपिट गरेकी हुन्। एक्कासी घरमा आएर एकराज खै भन्दै मिना र सानी बालिकालाई छुटपिट गरैकी हुन् । ‘गेट खोल्, मेरो एकराज कहाँ छ भन्दै घर भित्र पसिन’ पिडितले भनिन् ‘दराज खोलेर मैले किनिदिएको कपडा भन्दै च्यातिन्, दराज फुटालिन, झुल च्यातिन, कपडा लत्ता फालिन र मलाई गालामा हानिन अनि छोरीलाई पनि हानिन ।’ मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।  मन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्री वलीलाई तुलसीपुर प्रहरीले कडा सुरक्षाका साथ नियन्त्रणमा लिएको हो  । मन्त्री र बस्नेत विचको सम्बन्धका बारेका बेलामा चर्चा हुदै आएको छ । केहि समय अघि चुम्बन गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।