२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

एसपीपीको प्रस्ताव आएको छैन : सरकार


सरकारले अमेरिकाबाट स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नआएको प्रष्ट पारेको छ । एसपीपीको प्रस्तावबारे संसदमा सांसदहरुले सरकारको जवाफ मागेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकाबाट कुनै प्रस्ताव नआएको प्रष्ट पार्नुभएको छ । उहाँले सरकारको बदनाम गर्नका लागि सुनियोजित ढङ्गले एसपीपी सम्झौता गर्न लागेको लगायतका हल्ला चलाइएको पनि आरोप लगाउनुभयो ।

‘नेपाल सरकारले कुनै पनि स्टेट पार्टनरसिप प्रोग्रामका लागि निम्तो गरेको छैन । प्रस्ताव राखेको छैन । हामीकहाँ प्रस्ताव आएको छैन, झुट्टा कुरा फैलाएर सरकारलाई बदनाम बनाउने खेल भएको मात्रै हो’ मन्त्री कोइरालाले भन्नुभयो ।

नेपालीलाई धेरै मुद्दामा वनको बाघले भन्दा पनि मनको बाघले खाने गरेको भन्दै मन्त्री कोइरालाले देशको सार्वभौमिकता, अखण्डता र असंलग्नताको सिद्धान्तबाहिर जाने कुरा सोच्न पनि नसकिने बताउनुभयो।