२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

बाल बिबाहले बालबालिकामा जटिल समस्या : अध्यक्ष गिरी

बालबालिकाको शारीरिक ,मानसिक,बिकास परिपक्व तवरले नहुदै गरिने बाल बिबाहले बालबालिकामा जटिल समस्या निम्तिने दङ्गिशरण गाउपालिकाका अध्यक्ष शम्भु गिरिले बताउनुभयो । दङ्गिशरण गाउपालिकाको सहकार्य, आइ एम नेपालको सहयोग, न्याय तथा अधिकार सस्था नेपाल र सीड सस्थाको आयोजनामा बाल बिबाह अन्त्य सम्बन्धि रणनीतिको कार्यान्वयन तथा स्थानिय तह योजना तर्जुमा र बजेट बिनियोजन सम्बन्धि अन्तर्कृयात्मक कार्यक्रममा अध्यक्ष गिरिले यस्तो बताउनु भएको हो ।सिड सस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीको सभापतित्व ,गाउपालिका अध्यक्ष शम्भु गिरिको प्रमुख आथित्यता,तथा गाउपालिका उपाध्यक्ष पिमा खड्काको बिशिस्ट आथित्यतामा सम्पन्न अन्तरकृयात्मक कार्यक्रममा बोल्ने बक्ताहरुले बाल बिबाह सबैको साझा समस्या रहेकाले यसतर्फ सबैले साझा रणनीति बनाइ अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो ।कार्यक्रममा बोल्दै दङ्गिशरण गाउपालिका उपाध्यक्ष पिमा खड्काले आफु हिजोका दिनमा पनि बालबालिकाको क्षेत्रमा धेरै कार्यक्रम गरेको र आगामी दिनमा पनि बालबालिकाको सवालमा देखिने सम्पूर्ण समस्याको निराकरणमा उल्लेखनिय भुमिका निर्बाह गर्न लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।यस्तै महिला तथा बालबालिका साखाकी महिला बिकाश सहायक निरीक्षक चन्द्रकला वलिले जबसम्म मानिसको मानसिकतामा परिबर्तन हुदैन तब सम्म बाल बिबाह यौन दुव्र्यवहार लागायतका सामाजिक समस्याहरूको निराकरण गर्न नसकिने बताउनुभयो ।यस्तै सिड सस्थाका कार्यकारी निर्देशक भागिराम चौधरिले बाल बिबाह न्यूनीकरणका लागि पालिका स्तरीय साझा सयन्त्र बनाएर अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो ।साथै आफुले दङ्गिशरण गाउपालिकामा हिजोको दिनमा पनि विभिन्न कार्यक्रम गरेको र धेरै शिक्षा र बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेको जानकारी दिनुभयो ।अन्तर्कृयात्मक कार्यक्रममा बाल बिबाह र बालबिबाहले गर्ने असर यसको निराकरणका लागि गर्न सकिने उपायहरु बारे अधिबक्ता बिश्णु प्रसाद पोख्रेलले आफ्नो प्रस्तुति समेत प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रमको सहजीकरण सिड सस्थाका कार्यक्रम सयोजक उमेश खरेल ले गर्नु भएको थियो ।