२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

महिला सहकारीद्धारा दंगिशरणका जनप्रनिधिलाई स्वागत तथा बधाई

सिद्ध महिला बचत तथा ऋण सहकारी सस्था दंगिशरण ०७ ले नब निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाइ कार्यक्रम श्रीगाउमा सम्पन्न भएको छ । सिद्ध महिला बचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष बिष्णा गौतमको सभापतित्व दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरिको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा खड्काको विशिष्ट आथित्यतामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । सम्मान कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष गिरिले महिलाहरुमा त्याग, लगनसिलता र सहनसिलता बढी हुने भएकाले महिलाहरुलाइ हरेक क्षेत्रमा सहभागीता गराइ प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिनुभयो । महिलाहरु मात्रले संचाललन गरेको बचत तथा रिण सहकारीले धेरै काम गरेको र बचत तथा ऋणको माध्यमबाट आयार्जनमा समेत टेवा पुगेकोमा खुसी समेत ब्यक्त गर्नुभयो । यस्तै सस्थाकी अध्यक्ष बिश्णा गौतमले वडा न ६ र ७ का गरि करिब २५० बढी महिलाहरूको सहभागीतामा संचालित सिद्ध महिला बचत तथा रिण सहकारी सस्थालाइ गाउपालिकाबाट प्राथमिकता राखी सक्दो सहयोग गरिदिन आग्रह गर्नुभयो । सम्मान कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष रोशन जङ्ग शाह , वडा न ७ का वडा अध्यक्ष रेशम वलि, वडा न ७ का वडा सदस्य झुप बहादुर खड्का कार्यपालिका सदस्य सितरा नेपाली ,चन्दा योगी लगायतको सहभागीता रहेको थियो ।