२०७९ साउन २० गते शुक्रवार
२०७९ साउन २० गते शुक्रवार

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना : एक जनाको मृत्यु, ५ जना घाइते

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–४ निबासी ३२ बर्षका मोतिलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी घाइते हुनेमा सोही ठाउँ निबासी ५७ बर्षका मने बुढा, बर्ष ५९ का सहदेव बुढा, बर्ष ५० का चित्रबहादुर बुढा, बर्ष १० की हरिमाया बुढाथोकी, र बर्ष १५ का गोपाल बुढा रहेका छन् । देउलीबाट डोक्चे तर्फ जाँदै गरेको भे१ ज १०११ नम्बरको जीप अनियन्त्रत भएर शनिबार राति ८ बजे मुरेल खोलामा पल्टिएको डिएसपी खड्काले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।