२०७९ साउन २० गते शुक्रवार
२०७९ साउन २० गते शुक्रवार

शान्तिनगर ५ मा बंगुरको खोर सुधार सम्बन्धी ३ दिने तालिम सुरु

दाङको शान्तिनगर गाउपालिका वडा नं. ५ मा बंगुरको खोर सुधार सम्बन्धी ३ दिने तालिममा सुरु भएको छ । वडा नं. ५ को आयोजनामा संचालित बंगुरको खोर सुधार सम्बन्धी ३ दिने तालिमको आज एक कार्यक्रम विच उदघाटन गरिएको हो । तालिमलाई उदघाटन गर्दै वडा अध्यक्ष ओपेन्द्र वहादुर रावतले पशुपालन मात्र गरेर नहुने यसका लागि खोर कस्तो र कसरी बनाउनुपर्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । वडा सदस्य गंगाराम डाँगीको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष रावतले परम्परागत खोर भन्दा आधुनिक खोर निर्माण गरेर बंगुर पालनलाई व्यवस्थित गर्दै आय आर्जन बढाउनु पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अथिति समेत रहेका अध्यक्ष रावतले सबै पुशपालनका लागि वडाले विभिन्न कार्यक्रम संचालन गर्ने बताउनुभयो । वडा सदस्य निम वहादुर बुढाथोकी स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव रोमहर्ष के.सीले गर्नु भएको थियो ।
३ दिन सम्म संचालन हुने तालिममा वडा भित्रका ३४ बंगुर पालक कृषहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा गाउँपालिका पशु शाखाका चित्र वहादुर खत्री र राजेश के.सी रहनु भएको छ ।