२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

लुम्बिनी प्रदेशका केही ठाउँमा पानी

पश्चिमी वायुको प्रभावका कारण अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम पनि बद्ली भएको र यी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा भएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रदेशमा मनसुन सक्रिय छैन ।

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण यी प्रदेशमा हल्का वर्षा भएको हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसँगै आज प्रदेश १, मधेस प्रदेशका केही ठाउँमा मेघगर्जनसहित चट्याङ्ग पर्ने सम्भावना रहेको छ ।

यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । आज दिउँसो देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । मौसमविद्ले चार प्रदेश वाग्मती, गण्डकी, प्रदेश १ र मधेस प्रदेशमा मात्रै गनसुन सक्रिय रहेको बताएका छन् ।